ललितपुर । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवसको अवसर पारेर ललितपुरमा वृहत पुस्तक प्रदर्शनी सम्पन्न भयो ।
पुस्तक प्रदर्शनीमा नेमकिपाका द्धारा प्रकाशित पुस्तकहरू प्रदर्शन गरेको थियो । प्रदर्शनमा जनप्रकाशन गृह र वर्कस पप्लिकेशन द्धारा प्रकाशित पुस्तकहरू पनि राखेको छ ।
आज सम्पन्न पुस्तक प्रदर्शनीमा सयौं व्यक्तिले अवलोकन गरेको आयोजक समितिले छातापोष्टलाई जानकारी गराएको छ ।पार्टी स्थापना दिवसको अवसरमा काठमाडौं उपत्यकाका सम्पुर्ण जिल्लाहरू र काभ्रेमा प्रदर्शनी हुने जानकारी गराएको छ ।
भोलि काठमाडौंको रत्नपार्कमा पुस्तक प्रदर्शनी हुने आयोजक समितिले जानकारी गराएको छ ।