छापामार शैलीमा कांग्रेसको राँके जुलुस

0
1335

भक्तपुर ,२०७७ माघ ८ गते बिहिबार । नेपाली काँग्रेसले बिहीवारका लागि तय गरेको वडास्तरीय प्रतिगमन बिरोधी कार्यक्रमको पूर्वसन्ध्यामा बुधवार राँके जुलुस गरेको छ ।भक्तपुरका बिभिन्न ठाउँमा छापामार शैलीमा काँग्रेसका कार्यकर्ताहरुले राँके जुलुस  निकालेको छ ।

बुधवार साँझ नेपाली काँग्रेस भक्तपुरका सचिव निशान ढुंगेल पनि जुलुसमा सहभागी भए । तरुण दलकाे आयाेजनामा राँके जुलुस भएकाे हाे । सिर्जना नगर चौकमा आइपुगेपछि मात्र प्रहरीले राँके जुलुसबारे पत्तो पाएको थियो । प्रधानमन्त्री केपी ओलीको संसद विघटन बिरुद्ध नाराबाजी गर्दै कटुन्जेबाट आएको राँके जुलुस सृजनानगर चोकमा समापन भएको थियो ।

फरक ठाउँ बाट जुलुस हुने सूचना पाएको प्रहरी प्रभाग कटुन्जेका प्रहरीहरु जुलुस हुन नदिन दिउँसैदेखि तैनाथ भएपनि उनीहरुलाई चक्मा दिंदै काँग्रेस कार्यकर्ताहरूले निर्धारित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेका छन् ।