वडा-वडाबाट नेकपालाई काग्रेसको चेतावनी

0
1664

भक्तपुर ।  नेपाली कांग्रेसको आयोजनामा आज  सबै वडा वडामा  प्रतिनिधि सभा  विघटनको बिरोध गरेको छ ।

बिरोध सभाकै सिलसिलामा भक्तपुरको छालिङ्गमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका नेता जीबन खत्रीले प्रतिनिधि सभा विघटनको कडा बिरोध गरे ।

श्रृखलावद्ध विरोध कार्यक्रमकको रूपमा रहेको वडा स्तरीय विरोध प्रदर्शनीमा नेता खत्रीले अब नेपाली काग्रेसको  बिकल्प नरहेको कुरा ब्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकारले संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम रहेको उल्लेख गर्दै कांग्रेसका नेता खत्रीले सर्वसत्तावाद, कुशासन र भ्रष्टाचार विरुद्ध सिंगो मुलुक जागरुक भएको बताए । “नेकपाको सरकारलाई अब गाउँ-गाउँबाट बस्ती-बस्तीबाट नेपाली जनताले लखत्ने छ होसियार भएर बसे हुन्छ” नेता खत्रीले भने ।

कार्यक्रममा छालिङ्गका पार्टी अध्यक्ष राजिब गिरीले पनि संसद विघटनको बिरोघ गरेको छ ।