काठमाडौं , माघ ८ गते, बिहिबार । रत्नपार्क त्यतिकै खचाखच हुने ठाउँ , त्यसमाथि सभा सम्मेलनले कहिले नछोड्ने ठाउँ हो रत्नपार्क । तर आज रत्नपार्कको मौसम अलि फेरिएको छ । त्यो रत्नपार्क आज त्यो रत्नपार्क भएन । न कुनै भाषा , न कुनै सम्मेलन । बिल्कुलै नयाँ रत्नपार्क ।
आज माघ ८ बिहिबारका दिन अरू बेला भन्दा रत्नपार्क फेरिएको दिन थियो । मान्छेको हुल त थियो तर आज बेग्लै हुल ! मान्छेको गफ त थियो तर आज बेग्लै गफ । हो आज यो रत्नपार्कबाट बिजुक्छेंलाई नजिकबाट चिन्ने अवसर थियो ।
बिजुक्छें अर्थात नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायनमान बिजुक्छें । उहाँलाई राजनीतिक हिसाबले कामरेड रोहितको नामले समेत चिनिन्छ । साहित्यिक फाँटमा भने सबैले रूचाउने नाम र राम्रा साहित्यकारको रूपमा हरिबाहादुर श्रेष्ठको नामले पनि चिन्न सकिन्छ । एउटा लेखकको नामले पनि यादब ,आशलाल ,के.पी, आर. लामा, प्रधान, हरिबहादुर श्रेष्ठ लगायत थुप्पै नामले स्रस्तामाझ बिजुक्छेंलाई चिन्न सकिन्छ ।
ती व्यक्तिलाई भेट्न उहाँको घर भक्तपुर नै पुग्न पर्दैन, वहाँलाई रत्नपार्कको त्यो पुस्तक प्रदर्शनीमा भेट्न सकिन्छ । बिजुक्छेलाई चिन्न थुप्पै पुस्तकहरू राखेको थियो जसमध्य नेमकिपा र बिजुक्छेलाई नजिकबाट चिन्न ‘१. नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन , २. समाजवाद र सान्दर्भिक विषयवस्तु ,३. रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन ,४. विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू , ५. काल्पनिक समाजवादी र अराजकतावादीहरू , ६. सय वर्षपछिको भक्तपुर , ७. नेपाल भारत सम्बन्ध र भारत ,८. अक्टोबर क्रान्ती र यसको महत्त्व जस्ता थुप्पै पुस्तकले बिजुक्छेको बिचारसँग भेट्न सकिन्छ ।
आज भएको पुस्तक प्रदर्शनी नेमकिपाको स्थापना दिवस पारेर आयोजना गरेको आयोजक समितिले जानकारी गराएको छ ।आज मात्र हजारौंले अवलोकन गरेको नेमकिपाका विद्यार्थी नेता दिनेश खड्गीले जानकारी गराएको छ ।