भक्तपुर । भक्तपुरको मध्यपुर थिमिबासीले डोजर आतंक वन्द गर्न स्थानीय प्रशाशनसमक्ष माग राखेका छन् । आफूहरुको बाटो छेउको घर तथा टहराहरुलाई जवरजस्त डोजर ल्याई भत्काएको भन्दै उनीहरुले बुधबार जुलश प्रदर्शन तथा ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीय पीडितहरुले भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनु अघि स्थानीहरु जुलुश निकालेर मध्यपुर थिमिबाट जिल्ला प्रशाशन कार्यालय पुगेका थिए । विभिन्न नाराजुलुशमा आएका उनीहरुलाई प्रशाशन घेराउ तथा सहायक जिल्ला अधिकारीलाई आफनो मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरुले विकासको नाममा सडक विस्तार कार्य भइरहेको र सडक विस्तारको नाममा स्थानीइ सरोकारवाला र स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाको रोक्कापश्चात निर्माण कार्य रोकिएर म्याद सकिएको अवस्थामा पटकपटक म्याद थप गर्दै र हालको अवस्थामा म्यान गुज्रीसके पनि डोजर आतंक मच्चाई सडक विस्तार कार्य गरिरहेको छ ।
सडक विस्तारबाट ऐतिहासिक र पुरानो सम्पदाको धेरोहर पाटीपौवा, मठमन्दिर नष्ट हुने भएकोले यसको विकल्प खोज्नुपर्ने जनाइयो ।