अरू शक्ति प्रदर्शनीमा नेमकिपा भने पुस्तक प्रदर्शनीमा

0
2494

हेटौंडा । यतिबेला नेमकिपाको पुस्तक प्रदर्शनी हेटौंडा पुगेको छ । ललितपुरको मंगलबजार बाट सुरू भएको पूस्तक प्रदर्शनी  काठमाडौं , काभ्रे ,भक्तपुर हुँदै आज हेटौंडा पुगेको छ ।

नेमकिपाको स्थापना दिबसको अबसर पारेर देशभरि नेमकिपाले पुस्तक प्रदर्शनी गर्दै आइरहेको छ । काठमाडौंमा भने दशै वटा नगरपालिकामा पुस्तक प्रदर्शनी गर्दै छ ।

यतिबेला देशभरि बिभिन्न पार्टीले संसद् बिधटनको नाममा , राजाबादीको नाममा र पार्टी फुटको नाममा शक्ति प्रदर्शन गरिरहेको बेला नेमकिपाले भने देश भरि नै पुस्तक प्रदर्शनी गर्दै आइरहेको छ ।

बिचारबाट जबसम्म मानिस अधिक हुँन सक्दैन तब सम्म आमुल समाज परिवर्तन सम्भब छैन । नेमकिपाको समाजवादी प्रचार अभियान कै सिलसिमा देश भरि पुस्तक प्रदर्शनी गर्दै आइरहेको छ । प्रदर्शनीमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेद्धारा लेखिएका पुस्तकहरूका साथ साथै , नेमकिपाको जनवर्गीय संगठनले प्रकाशन गरेको पुस्तकहरू पनि हुने छ । राजनितिक पुस्तकहरू मात्रै नभइ बिभिन्न साहित्यिक पुस्तकहरू पनि समावेश गरेको छ । साना बालबालिकालाई देखि सबै उमेर समुहलाई पढ्न लायक पुस्तकहरू प्रदर्शनीमा राखेको छ ।

देशको बिभिन्न ठाउँ हुँदै आइरहेको पुस्तक प्रदर्शनी भोलि बुधवार चितवन आइपुग्ने आयोजक समितिले जानकारी गराएको छ ।