चितवन । नेपाल मजदुर किसान पार्टीको ४७ औँ पार्टी स्थापना दिवसको अवसरमा पार्टीद्वारा प्रकाशित पुस्तकहरूको प्रदर्शनी यतिबेला चितवन पुगेको छ ।
नेमकिपा चितवन जिल्ला समितिको आयोजनामा भएको पुस्तक प्रदर्शनीले चितवनमा बेग्लै तरङ्ग छाएको छ । चितवन आफैमा नेमकिपाको बाक्लो उपस्थिति भएको ठाउँ थियो ।नेमकिपाले धेरै दुःख गरेको ठाउँ चितबनमा फेरि अध्ययन संस्कृतिको बिकास गर्न र राजनीतिमा लाग्ने दलका निम्ति पाठ सिकाउन पुस्तक प्रदर्शनी गरेको छ ।
चितवनमा भने बुध्दिजीवी तथा पाठ्कहरुको बाक्लो उपस्थिति थियो । पुस्तक प्रदर्शनीमा आउने स्वर्ताहरूले भने ” स्थापना दिवस होस् त यस्तो ” । यस्तो किसिमका राजनितिक पार्टीले सहि बिचार जनता माझ ल्याएकोले फेरि समयसमयमा पटक पटक पुस्तक प्रदर्शनी गर्न स्वर्ताहरुले अनुरोध गरेको छ ।
अध्ययन संस्कृतिको बिकास गर्न नेमकिपाले देशको बिभिन्न जिल्लाहरूमा पुस्तक प्रदर्शनी गर्दै आइरहेको छ । भोलि भने बुटवलमा पनि प्रदर्शन हुने खबर प्राप्त भएको छ ।