Thursday, March 30, 2023
Home Breaking News बालकोट पुगेका कांग्रेसले निकाले मसाल जुलुस

बालकोट पुगेका कांग्रेसले निकाले मसाल जुलुस

0
1425

भक्तपुरको बालकोटमा कांग्रेसका भ्रातृ संस्थाहरूले  साँझ ओलीविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् । उनीहरूले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नारावाजी गरेको नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले जानकारी दिए ।

राँके जुलुस प्रदर्शनमा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापासहितका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।सभालाई सम्बोधन गर्ने नेताहरूले कम्युनिस्टहरूको पतन शुरु भएको भन्दै अबको निर्वाचनमा जनताले कांग्रेसलाई साथ दिने बताए ।

प्रधानमन्त्री ओलीको घर भक्तपुरको बालकोटमा रहेको छ । भक्तपुर कांग्रेस र भ्रातृ संस्थाहरूले ओलीलाई सचेत गराउन बालकोटमा राँके जुलुस प्रदर्शन गरेको तरुण दलका सदस्य पुरीले बताएका छन् ।