भक्तपुर,२०७७ माघ २१ गते ,बुधबार । संगम युवा खेलकुद समुहद्धारा भक्तपुर नगरव्यापी पुरुष जोडि व्याडमिन्टन प्रतियोगिता जारी रहेको छ ।
२०७७ माघ १७ गते शनिबार देखि सुरु खुल्ला पुरुष जोडि नगर ब्यापी ब्याडमिन्टन प्रतियोगिता सोमबार भएको खेलहरुमा पहिलो खेल बिबिसी (आयुष प्रजापति + बिष्णु प्रसाद सुवाला) संगम साकोस ( रामसुन्दर +जधारी मदन ताम्राकार) बिच भएको खेलमा २–० सेटमा पराजित गरे । दोस्रो खेल संगम युवा खेलकुद समिति (लराधेश्याम ख्याजु + रवि कवां) ए.बि.सी.(खरक अर्जून खड्का+विगेन्द्र बासुकला ) बिचभएको खेलमा २–० सेटमा पराजित गरे ।
त्यस्तै तेस्रो खेल ब्यासी ब्याडमिन्टन क्लब (अन्तरगत छत्र बहादुर+राम सानु थापामगर) सहलह साकोस (खरक श्याम तजले +राधेश्याम कवा) बिचभएको खेलमा २–० सेटमा जित हात पारेको छ ।
चौथो खेलमा भने बि.बि.सी (राजन ग्वाछां +राजेन्द्र सुवाल) ब्यासी ब्याडमिन्टन क्लब ( बलराम राजचल + अजयन्द्र लघु) बिचभएको भएको खेलमा २–० सेटमा पराजित गरेको छ ।
पाचौं खेल ए.बि.सी (राजेश श्रेष्ठे +कविन्द्र शालिके) भार्वाचो ब्या.क्लब (समिर शिल्पकार +राज खुसुजु) बिचभएको खेलमा २–० सेटमा, छैठौं खेल लोकेश्वर साकोस (बिकास पंञ्चं+पुण्यराम स्वंगमिखा) मंगलाछे युवा क्लब (सुनिल सुवाल +सुनिल शर्मा) बिचभएको खेलमा २–० सेटमा जित संगै सम्पन्न भएको छ ।
मंगलबार हुने प्रि क्वाटर खेलहरुमा संगम युवा खेलकुद समिति (राजेश खाईतु+श्याम कृष्ण सुवाल) ह्यास् वन स्पो (सुसान्त नायजु +सुशान्त ग्वाछा) त्यस्तै ए.बि.सि. (कृष्णगोपाल सुवाल+ रिसोत सुवाल ) केदारनाथ साकोस (किशोर ढुकुछुं+सुन्दर कवां) विचमा खेल हुनेछ ।
त्यस्तै ए.बि.सी. (राजेन्द्र सुवाल+अनिल याकामी) बि.बि.स (आयुष प्रजापति+ बिष्णु प्रसाद सुवाल) र ब्यासी व्याड्मिन्टन क्लब (राजु बासुकला +अरबिन लघ) र संगम युवा खेलकुद समिति ( रामहरि सिंख्वाल+ महेश शिल्पकार) विचमा खेल हुने आयोजक समिमिले जानकारी गराएको छ ।