संगम युवा खेलकुद समुहको खेल सेमिफाईनलमा प्रवेश

0
1188

भक्तपुर । संगम युवा खेलकुद समूहको आयोजनामा भइरहेको खुल्ला पुरुष जोडि नगरब्यापी ब्याडमिन्टन प्रतियोगिताको क्वाटर फाइनल खेल आज सम्पन्न भएको छ ।

आज भएको क्वाटर फाईनल खेलहरुमा पहिलो खेलमा राजेश खाईतु श्याम र कृष्ण सुवालको जोडि (संगम युवा खे.स.) संग कृष्णगोपाल सुवाल ल रिसोत सुवालको जोडि (ए.बि.सि) लाई २१–१६ र २१–१८ को सेटमा, दोस्रो खेल राजेन्द्र सुवाल र अनिल याकामीको जोडि संग (ए.बि.सी.) राजु बासुकला र रबिन लघुको जोडि (ब्यासी ब्या.क्लब)लाई २१–१९ र २१–१७ को सेटमा, तेस्रो खेल राजेश घ्यमसु र रुकेश कवांको जोडिसंग (संगम साकोस) राधेश्याम ख्याजु र रवि कवांको जोडि(संगमयुवा खे.स.)लाई २१–१२ र २१–१२ सेटमा र चौथों खेल श्यामसुन्दर ख्याजू र बद्रीप्रसाद ख्याजुको जोडिसंग (संगम साकोस) राजेन्द्र श्रेष्ठ र कविन्द्र शालिकेको जोडि(ए.बी.सी.)लाई २१–१० र २१–१६ को सेटमा पराजित गरी सेमिफाईलमा प्रवेश गरेको छ ।

भोलि शुक्रबार सेमिफाईनलका खेलहरू हुने छ । सेमिफाइनल खेलमा भने राजेश खाईतु र श्याम कृष्ण सुवालको जोडि (संगमयुवा खे.स.) राजेन्द्र सुवाल र अनिल याकामीको जोडि (ए.बि.सी.) श्यामसुन्दर ख्याजू र बद्रीप्रसाद ख्याजुको जोडि (संगम साकोस) राजेश घ्यमसु र रुकेश कवांको जोडिहरू (संगम साकोस) सेमिफाइनल खेल खेल्ने आयोजक समितिका राजेश घेमसुले जानकारी गराएको छ ।