भक्तपुर ,२०७७ माघ २३ गते, शुक्रवार । भक्तपुरमा जारी खुल्ला पुरुष जोडि भक्तपुर नगरव्यापी व्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल खेल आज सम्पन्न भएको छ ।
आज भएको सेमिफाईनलको पहिलो खेलमा राजेश खाईतु र श्याम कृष्ण सुवालको जोडि (संगम युवा खेलकुद समिति) संग राजेश सुवाल र अनिल याकामी जोडि(एविसी ) विच २१-११ र २१- १५ को सेटमा जीत हात पारेको भने दोस्रो खेलमा भने श्यामसुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजुको जोडि(संगम साकोस ) संग राजेश ध्यमसु र रुकेश कवां जोडि(संगम साकोस ) लाई २१-२३ र २१ -१२ को सेटमा पराजित गरि खेल फाईनल प्रवेश गरेको छ ।
भोलि हुने फाईनल खेलमा राजेश खाईतु र श्याम कृष्ण सुवालको जोडि(संगम युवा खेलकुद समिति ) संग श्याम सुन्दर ख्याजु र बद्रीप्रसाद ख्याजु जोडि (संगम साकोस ) बिच हुँने आयोजक समितिका सदस्य श्रीभक्त सुवालले छातापोष्ट्लाई जानकारी गराएको छ ।