बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगे

0
1507

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र ११२ पुरुष गरी सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या दुई लाख ७१ हजार ६०२  पुगेको छ । त्यस्तै पछिल्लो समय थप २२७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार २९२ पुगेको छ ।

अहिले देशभर दुई हजार २७७ सक्रिय संक्रमित छन् । उनीहरूमध्ये ९२ जना क्वारेनटिनमा रहेका छन् । दुई हजार २७७ जना आइसोलेसनमा छन् । हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ को पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितमध्ये ६१ जनाको आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ३३ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।