घरजग्गा नापी तथा प्रिन्टर टोनर रिफिलिङ तालिम सम्पन्न

0
1474

भक्तपुर २०७७ माघ २४ गते, शनिबार । आरम्भ नेपालको आयोजनामा घर जग्गा नापी तालिम र टोनर रिफिलिङ तालिमकको समापन तथा प्रमाण–पत्र वितरण एक समारोह विच कार्यक्रम सम्पन्न भयो ।

बागमती प्रदेशका सभासद सुरेन्द्रराज गोसाई भुमिसुधार लागु गर्न नेमकिपाले गरेको संघर्षका घटना बताउँदै तालिममा सिकेका सीपलाई जीवन उपयोगी बनाउन जोड बताए । साथै विघतिट संसदको औचित्य बारे प्रष्ट पारे । कार्यक्रममा घरजग्गा नापी तालिमका प्रशिक्षार्थी जय प्रजापतिले तालिममा सिकेका सीपको बारे आफ्नो कुरा सुनाए । प्रिन्टर टोनर रिफिलिङ तालिमका प्रशिक्षार्थी नीरस थुयाजुले तालिममा सिकेका अनुभव सुनाए । घरजग्गा नापी तालिममा ४८ जना प्रशिक्षार्थीहरुको उपस्थिति रह्यो भने टोनर रिफिलिमा १८ जना प्रशिक्षार्थीहरुको उपस्थिति थियो ।उक्त कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष बालकृष्ण बनमालाको सभापतित्वमा भएको कार्यक्रममा अमरमान भुजू र न्हुजः किजूले पनि आफ्ना विचार व्यक्त गरे ।