नगरकोटमा हिउँ परेपछि किसान खुशी

0
3484

।भक्तपुर  । नगरकोटमा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल नगरकोटमा हिमपात भएको छ भने भक्तपुरको अन्य ठाउँ पनि हिमपात संगै वर्षा भएको छ ।

हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार देखि मौसममा आएको परिवर्तनका कारण भक्तपुरलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हल्का हिमपात भएको छ भने अन्य स्थानमा पानी परेको छ ।

लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने स्थानीय किसानहरूले बताए ।

हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने किसानको भनाइ छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ । भक्तपुर नगरकोट , मालिगाउँ रानिकोट लगायत उच्च भागमा हिमपात भएको छ ।