काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा हिजो ३३ जना महिला र २५ जना पुरुष गरी कूल ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
काठमाडौंमा ४३ जना, भक्तपुरमा ३ जना र ललितपुरमा १२ जनामा संक्रमण देखिएको हो ।
यसैगरी, हालसम्म काठमाडौंमा ५०० जना, भक्तपुरमा ११५ जना र ललितपुरमा १६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २८० जना, भक्तपुरमा १५ जना र ललितपुरमा ५० जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, हालसम्म काठमाडौंमा ९९ हजार ९३७ जना, भक्तपुरमा ९ हजार १०५ जना र ललितपुरमा १५ हजार ८६३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हिजो सम्म काठमाडौंमा १ लाख १ हजार ७१७ जना, भक्तपुरमा ९ हजार २३५ जना र ललितपुरमा १६ हजार ७३ जना कोरोना संक्रमित रहेका छन् ।