व्याटमिन्टन प्रतियोगिताको उपाधि संगम साकोसको पोल्टोमा

0
1579

भक्तपुर , २०७७ माघ २५ गते, आईतबार । भक्तपुरमा जारी भक्तपुर नगरव्यापी खुल्ला पुरुष जोडि व्याटमिन्टन प्रतियोगिता उपाधि संगम साकोसको पोल्टामा पारेको छ ।

शनिबार भएको फाइनल प्रतिस्पर्धामा संगम युवा खेलकुद समिति (श्याम कृष्ण सुबाल र राजेश खाईजु ) संग भएको खेलमा  संगम साकोस ( श्याम सुन्दर ख्याजु र बद्री प्रसाद ख्याजु )को जोडि विजयी भएको हो ।भक्तपुरको भेलुखेलको व्याटमिन्टन कोटको खेल मैदानमा भएको खेलमा उपविजयता भने संगम युवा खेलकुद समिति (श्याम कृष्ण सुवाल र राजेश खाईजु ) को जोडि भएको हो ।

खेलमा विजयता उपविजयता लगायत सहभागी सम्पुर्ण खेलाडीहरुलाई प्रमाण पत्र , मेडल सहित पुरस्कृत भएको छ ।