रि–ट्रायवल दिन पाइने व्यवस्थालाई संशोधन, पुर्‍याए १८ महिना

0
1597

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र(लाइसेन्स) को ट्रायल दिन पाउने समयावधि १८ महिना बनाएको छ। लिखित परीक्षा पास गरेपछि ३ महिनाभित्र ३ पटकसम्म रि–ट्रायवल दिन पाइने व्यवस्थालाई संशोधन गरी १८ महिना पुर्‍याएको हो ।

विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० लाई संशोधन गरी ३ महिनाको सट्टा १८ महिना बनाएको हो।

इलेकट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा समेत नयाँ व्यवस्थालाई अद्यावधिक गरिएको विभागले जनाएको छ। सिस्टममा समावेश गरिएकाले सोहीअनुसार रि–ट्रायल सञ्चालन गर्नसमेत विभागको आग्रह छ ।