कमजोर बिद्यार्थी संगठन ! मूल्य वृद्धिमा पनि चुप !

0
2162

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको हो ।

निगमले बुधबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको जानकारी दिएको छ ।

यसरी पटक पटक मुल्य वृद्धि गरिरहँदा नेपालका मै हुँ भनौदा बिद्यार्थी संगठनहरू चुप लागेर बसको छ ।निगमका अनुसार पेट्रोलको मूल्य ११२ र डिजेल/मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।