बेल भक्त बिदाई, बाकि समय समाज सेवामा लाग्ने प्रतिद्धता

0
2325

भक्तपुर । एक लगनशील कर्मचारी हिजो बिदाइ भएको छ ।भक्तपुरको सुर्यविनायक नगरपालिकाको कटुन्जे बस्ने बेल भक्त बखुन्छेले हिजो अनिवार्य अवकाशका साथ बिदाई भएको छ ।

भक्तपुर नगरपालिकामा कार्यरत बखुन्छे  एउटा साधारण कर्मचारी पनि भएर नगरपालिकाकै एउटा उत्कृष्ट कर्मचारीको मेडल समेत पाएको बखुन्छे भक्तपुर नगरपालिकाको प्रेस शाखामा कार्यरत थिए । बखुन्छे सबै कर्मचारीको मनमा बस्न सफल एक कुशल कर्मचारी थियो ।

एउटा किसान परिवारमा हुर्केका बखुन्छे नेमकिपा समर्थक पनि हो । अबको बाकि समय समाज सेवामा लाग्ने बखुन्छेले यसो भने ” जीबनको जोसिलो उमेर नगरपालिकाको सेवामा लागि परे भने अब अनुभबले सिकेका कुरा म समाज सेवामा लागि पर्ने कुरा व्यक्त गरे ।”

हिजो बखुन्छेलाई नेपाली टोपी र खादा लगाई बिदाई गरेको हो ।