काठमाडौं । नेपाल क्रान्तिकारी विद्यार्थी संघको पाँचौं पूर्ण बैठकले राष्ट्रिय भेलाको निर्णय गरेको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी संघको काभ्रेमा सम्पन्न पाँचौ पूर्ण बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवाल त्यस्तै पार्टीकै केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति र अर्का केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका वडा अध्यक्ष रविन्द्र ज्याख्वले विभिन्न विषयमा प्रशिक्षण समेत दिएको थियो ।
विद्यार्थीहरुले सैद्धान्तिक अध्ययनलाई फराकिलो बनाउँदै नयाँ पुस्तामा फैलिएको विकृति- विसंगति हटाउन अतिथिहरुले जोड दिए । पक्षपात ,गुन्डागर्दी , अपराध र भ्रष्टाचारलाई राजनीतिको संज्ञा दिन नुहुने भन्दै विद्यार्थीहरुले देश र जनताको सेवाभावको राजनीति गर्नुपर्ने कुरामा पनि अतिथिहरुले जोड दिए ।
पूर्ण बैठकले नेक्राविसंघको राष्ट्रिय भेला भने चैत्र १३ र १४ गते गर्ने निर्णय गरेको छ । बैठकमा संघका केन्द्रीय सदस्यहरुले आ आफ्नो जिम्मेवारी क्षेत्रबारे प्रतिवेदन प्रस्तुत गरेको थियो ।
बैठकमा नेक्राविसंघका केन्द्रीय अध्यक्ष सविन ख्याजुको अध्यक्षतामा बसेको पूर्ण बैठकमा केन्द्रीय उपाध्यक्ष प्रकाश गुरुङ र सचिव रमेश प्रजापतिले आ -आफ्नो विचार राखेको थियो ।