भक्तपुर, ४ फागुन । सरकारी निकायमा भइरहेको अनियमितता र भ्रष्टाचारको विरोधमा सोमबार नेपाल क्रान्तिकारी युवा संघले भक्तपुरको मालपोत कार्यालयलाई खबरदारी गरेको छ ।
नेपाल मजदुर किसान पार्टीको युवा संगठनको टोलीले मालपोत कार्यालायका प्रमुख संग भेट गरि भ्रष्टाचारलाई नियन्त्रण गर्न दबाव गरेको हो । भेटमा मालपोत कार्यालयका प्रमुख देवीबहादुर भण्डारीले कुनै कर्मचारीले भ्रष्टाचार गरे तत्काल कारबाही गर्ने बताए ।
खवरदारी कार्यक्रमामा नेपाल क्रान्तिकारी युवासंघले विभिन्न नाराहरु लेखिएको प्लेकार्डसहित मालपोत कार्यालय बाहिर खबरदारी सभा समेत गरेको थियो ।