भोलि मध्यपुर ठिमीमा एनएनआईपीए स्पोर्टस् अवार्ड हुने

0
2018

भक्तपुर २०७७ फागुन ७ गते शुक्रबार । अन्तर्राष्ट्रिय जगतमा देशको नाम उच्च राख्न सफल खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ बिहिबार भक्तपुरमा पत्रकार सम्मेलन गरि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले “एनएनआईपीए स्पोर्टस् अवाई” हुने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा आयोजक समितिले सम्मान हुनेमा “विभिन्न २६ खेलमा उत्कृष्ट खेलाडी, एक जना पाका खेल व्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व तथा एक जना खेल पत्रकारलाई एन एन आई पी ए खेल पत्रकारीता पुरस्कार गर्ने भएको छ । साथै उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष र एक महिलालाई सर्वाकृष्ट खेलाडी र प्रतिभावान खेलाडीको रुपमा सम्मान गरिने , एक जना बर्ष उत्कृष्ट पारा खेलाडीको रुपमा सम्मान गरिने आयोजक समितिका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराएको हो ।

उक्त कार्यक्रम यही फागुन ८ गते ऐतिहासिक एवं साँकृतिक नगरी भक्तपुरको मध्यपुर थिमी नगर स्थित दुई पोखरीमा हुने आयोजक समितिका अध्यक्ष श्रेष्ठले जानकारी गराएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको पनि मनोरन्जनात्मक कार्यक्रम समेत हुँने आयोजकले जानकारी गराएको छ ।