भक्तपुर २०७७ फागुन ८ गते ,शनिबार । नेपाल प्रेस सोसाइटी र संकल्प क्रियशनले वर्तमान राजनीतिक संकट र युवाहरुको भूमिका विषयमा शनिबार भक्तपुरमा एक समारोह विच उक्त कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा अभियन्त हेमराज थापाले अवको युवा राजनीतिक दलहरुको झण्डा बोक्न मात्रै प्रयोगमा नआउने बताए । उनले जिन्दावाद र मुर्दाबाद नारामा मात्रै सिमित राख्ने कोसिस अवका युवाहरुलाई नगर्ने सचेत गराए । उनले अवका युवा मासुभात, मोटरसाइकलमा राख्न दुईचार लिटर पेटोलमा नअल्झिने पनि स्पष्ट पारे ।
भक्तपुरका युवा नेता देवेन्द्र श्रेष्ठले देशको राजनीतिक संकटको समाधान गर्ने जिम्मा युवाको काँंधमा आएको कारण युवाहरु अदालतले न्याय देला भन्दै चुप लागेर वस्न नमिल्ने बताए । युवा चुप लागेर पसे अदालतले संसद पुनस्थापना नगर्ने भन्दै आन्दोलनको आँंधीहुरीबाटै संसद् पुनस्थापना गर्नुपर्नेकुरा बताए ।
पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष पर्शुराम खापुग, युवा नागरिक अभियन्ता रमेश ख्याज, आयोजक नेपाल प्रेस सोसाइटीका अध्यक्ष केशव लुइटेललगातले पनि वर्तमान राजनीतिक संकटमा युवाहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गरे । कार्यक्रममा वर्तमान संकट र युवाहरुको दायित्व विषयमा श्रीराम खाइजूले चार पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए ।