भक्तपुर, २०७७ फागुन १२ गते, बुधबार । खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मध्यपुरठिमीको फरक पहिचाहन संगै अब थप खेलक्षेत्रलाई फरक पहिचान राख्ने उद्देश्यले क्लब मध्यपुर संञ्चालनमा आउने भएको छ ।
आज भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त क्लब संञ्चालनमा ल्याउने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा उक्त क्लब मध्यपुरले फिट्नेस , बडिविल्डिङ, एरोविक्स, जुम्बा ,स्टिम, सावना र स्नोकर संञ्चालनमा ल्याउने क्लबका संञ्चालक अष्टकुमार कवेंले जानकारी गराएको हो ।
क्लबका संञ्चालक कवेंले सम्मेलनमा भन्ने “खेलक्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, युवा वर्गलाई खेल क्षेत्रमा आकर्षिक गर्ने, समाजलाई कुलत दुव्र्यसनी तथा विसंगतिबाट मुक्त गर्ने, अनुशासित समाजको निर्माण गर्ने, खेल क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा मध्यपुर संगै देशकै पहिचान बढाउन क्लब मध्यपुर संञ्चालनमा ल्याउको जानकारी गराए ।”
काठमाडौं उपत्यकाकै बिचमा रहेको मध्यपुर ठिमी र खेल क्षेत्रको विकासमा पनि अगाडि रहेको क्षेत्र भएकाले मध्यपुर ठिमीको लोकन्थलीमा मुख्य कार्यालय संचालन गरि देशव्यापी रुपमा शाखा विस्तार गर्दै जाने क्लबका संञ्चालक कवेंले जानकारी गराएको हो ।
करिब ३ करोड लागतमा संन्चालनमा ल्याएको क्लब मध्यपुुरले “फिट्नेस , बडिबिल्डिेङ , एरोविक्स , जुम्बा , स्टिम , सावना , स्नोकर र द वर्गर हाउस एण्ड फ्राइड चिकेनबाट हुने आम्दानीको २० प्रतिशत रकम सामाजिक सेवा र खेलकुदको विकासमा खर्च गर्ने अष्टकुमार कवेंले जानकारी गराएको छ ।