काठमाडौं । भारत सरकारले नेपाललाई विभिन्न क्षेत्रमा सहयोगहरु गरिदै आइरहेको छ । नेपालको विकास क्षेत्र लगायत शिक्षा क्षेत्रमा पनि त्यतिकै मात्रामा सहयोगहरु गरिदै आइरहेको छ । यस्तै सहयोगहरु मध्य पछिलो सहयोगमा हेटौंडामा करिब २७ विगा क्षेत्रफलमा निर्माण हुँदै आइरहेको नेपाल भारत मैत्री बह- प्राविधिक संस्था पनि एक हो ।
हेटौंडाको वडा नम्वर ६ सल्लाघारी वन गौरिटार फाँट नजिक चित्रेपानी वन उपभोक्ता समितिको जमिनमा बनिरहेको बहु–प्राविधिक अध्ययन संस्था नेपालको शैक्षिक क्षेत्रमा एक कोसेढुंगा सवित हुनेछ । प्राविधिक जनशक्ति उत्पादनमा टेवा पुयाउने र दक्ष जनशक्ती उत्पादनमा सो बहु–प्राविधिक संस्थाले नेपाली युवालाई ठुलो टेवा दिने देखिन्छ । २७ विगा क्षेत्रफलमा फैलिएको सो संस्थाले विभिन्न प्राविधिक शिक्षालयको स्थापना सहित बार्षिक हजारौं दक्ष जनशक्ती उत्पादन हुनेछ । करिव ८५ करोड नेपाली रुपैंयाको लागतमा गौरिटार फाँट नजिकै निर्माण हुँदै आइरहेको बहु–प्राविधिक संस्थामा आधुनिक भवन , विभिन्न प्राविधिक शिक्षालयका लागि आवश्यक प्रयोगशाला, व्यवस्थित खेल मैदान लगायत विभिन्न संरचनाहरुको निर्माण हुनेछ ।
भारत सरकारको सहयोगमा निर्माण भएका विभिन्न संस्थाहरुको सहि सदुप्रयोग यदि नेपाल सरकारले सहि तवरले गर्न सकेन भने भारत सरकारले नेपाल सरकारलाई दिँदै आइरहेको सहयोग बाधा आउने छ । अहिले हेटौडामा निर्माण हुँदै आइरहेको नेपाल भारत बहु–प्राविधिक संस्थाले नेपालमा थप शिक्षा क्षेत्रमा एक फर्काे मार्ने पक्का छ । जसलाई नेपाल सरकारले कसरी उक्त संस्था हेर्ने भन्ने कुरा मात्र हो ।