भक्तपुर । चाँगुनारायण नगरपालिकाले ‘मेयरसँग उद्यमशीलता कार्यक्रम’ कार्यान्वयनको लागि आवश्यक काम थालनी गरेको छ । कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएरका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम थालनी गरेको हो ।
नगरपालिकाको सातौं नगरसभाबाट पारित मेयर उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहनेहरुबाट यसअघि नगरपालिकाले आवेदन माग गरेको थियो । सोही आवेदनका आधारमा कार्यक्रम कार्यान्वयनका लाग प्रारम्भिक छनोट भएका आवेदकहरु छनोट गरेको जनाएको छ ।
त्यसरी छनोटमा परेका युवाहरुलाई अभिमुखीकरण कार्यक्रम तय गरेको नगरपालिकाले जनाएको छ । जसअन्तर्गत २०७७ फागुन २१ गते वडा नं. १ देखि ५ सम्मका( दुवाकोट १,दुवाकोट २ चाँगु ,झौखेल र छालिङ्ग )लाई र २२ गते ६ देखि ९ नंं वडाका(नगरकोट, बागिश्वरी ,सुडाल र ताथली )लाई दिने तयारी गरेको छ । अभिमुखीकरण कार्यक्रम नेपाल ईन्जिनियरिङ कलेज दुवाकोटमा विहान ११ बजे देखि सुरु हुने चाँगुनारयण नगरपालिको शाखा अधिकृत विजयकुमार शर्माले जानकारी गराएको छ । सहभागी हुने सबै आवेदकहरुलाई नगरिकता , शौक्षिक प्रमाणपत्र ,अनुभब र तालिमको प्रमाण पत्र सहित उपस्थितको लागि अनुरोध गरेको छ ।