काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ ।
त्यस्तै प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जानकारी दिँदै महाशाखाले आइबार पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।