भक्तपुर । नेपाल तरुण दले भक्तपुरको दुबै क्षेत्रमा पुर्णता पाएको छ । भक्तपुरमा दुई क्षेत्रमा नेपाल तरुण दलको क्षेत्रीय कार्यक्रसमिमित गठन भएको हो ।
१ नम्बरको क्षेत्रीय कार्यसमितिमा भने प्रमेश्वर थापाको अध्यक्षतामा २१ कार्यसमिति गठन गरेको छ भने २ नम्बरको क्षेत्रीय कार्यसमितिमा भने आकाश कार्कीको अध्यक्षमामा २१ कार्यसमिति गठन गरेको हो ।
उक्त क्षेत्रीय भेला कार्यक्रममा प्रमुख अतिथि तथा भक्तपुर जिल्ला समितिमा सभापति दुर्लभ थापा , नेपाल तरुण दलका जिल्ला सभापति राजु थापा , निबर्तमान जिल्ला सभापति गणेश मान चक्रधर ,नेपाली कांग्रेस भक्तपुरको क्षेत्रीय सभापति जिबन खत्री र अधिबक्ता नारायण खैमको उपस्थितिमा उक्त क्षेत्रीय भेला सम्पन्न भएको थियो । सहभागी अतिथिहरुले सबै युवा वर्गलाई सक्रियताका साथ संगठनको कार्यमा लाग्न शुभकामना व्यक्त गरेको छ ।
नेपाल तरुण दलले भक्तपुरको सबै वडा देखि जिल्ला तह सम्म कार्यसमिति गठन समेत भएको दलका जिल्ला सचिव राजु पुरीले जानकारी गराएको छ ।