चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम सम्पन्न

0
1976

भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबार र शनिबार भएको दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण हिजो सम्पन्न भएको छ । शुक्रबार पहिलो दिन चाँगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि र दोश्रो अन्तिम दिन चाँंगुनारायण नगरपालिका वडा नं ६ देखि ९ सम्मका वडाबासीका लागि अभिमुखीकरण गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा राष्टिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन नगरपालिकाले आयोजना गर्न लागेको उक्त योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले पहिलो पटक यो वर्षदेखि कार्यक्रम लागू गरेको जनाए । मिश्रले यो कार्यक्रमलाई अर्को वर्ष पनि निरन्तरता दिने योजना रहेको सुनाए ।

कोभिड–१९ को महामारीका कारण रोजगारी गुमाएरका , विदेशबाट फर्किएका र नगरपालिकाभित्र बेरोजगार रहेका युवालाई लक्षित गर्दै उद्यमी बनाउनका लागि नगरपालिकाले मेयर उद्यमशीलता विकास कार्यक्रम तय गरेको हो । कुल १०१२ जनाले आवेदन फारम भरेकोमा ३०० जना मात्र छनोट हुने छ । उक्त कार्यक्रममा भने ५० वर्ष भन्दा माथिका उमेर समुहलाई भने कार्यक्रममा समावेश गरेको छैन । छनोट भएका सहभागीहरुलाई समन्धित विषयमा थप एक हप्ते तालिम समेत हुने छ ।

दिनभर भाषण सुनायो परिक्षा, भन्दै आफनै तस्बिर कोर्न लगायो

दुई दिन सम्म चलेको अभिमुखिकरण कार्यक्रम भने तयारी फिटलो थियो । कार्यक्रममा एक सहभागीले भने “दिनभर भाषण सुनायो, परिक्षा भन्दै आफ्नो चित्र कोर्न लगायो । ” परिक्षाको विषयमा अर्का एक सहभागीले भने “सुरुमा कस्तो प्रश्न आउँँछ भनेर मन आटुल थियो जब परिक्षा हलमा पुगे त आफ्नो बारे लेख , आफ्नो चित्र कोर जस्ता हल्का तवरले झार टार्ने काम मात्र भएको देखिन्छ उनले भने ।”

सहभागीहरुको गुनासो अब कसरी छनोट गर्छ र सबैले आफ्नो तस्विर बनाएकै छ , आफनो नाम पनि लेखेको नै छ , अब कुन आधारले मुल्याकङ हुन्छ भन्दै सहभागीहरुले गुनासो पोखे । कतिले त मेयरले आफ्नो मान्छे मात्र छाने होला नी भन्दै टिपण्णी समेत गरे ।

नगरपालिकाको सातौं नगरसभाबाट पारित मेयर उद्यमशीलता विकास कार्यक्रममा सहभागी हुन चाहनेहरुबाट यसअघि नगरपालिकाले आवेदन माग गरेको थियो । सोही आवेदनका आधारमा कार्यक्रम कार्यान्वयनका लाग प्रारम्भिक छनोट भएका आवेदकहरु छनोट गरि आएको हो । तर त्यहाँ आवेदन समेत नभरेकाहरुको पनि सहभागीता थियो । मलाई फलानो व्यक्तिले पठाएको भन्दै परिक्षा समेतमा पनि समेल गराइयो ।