काठमाडौं उपत्यकाको विद्यार्थी समितिमा न्यौपाने

0
898

काठमाडौं, २९ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी संघ तेस्रो काठमाडौं उपत्यका क्याम्पस सम्मेलन तयारी समितिको आयोजनामा उपत्यका स्तरीय विद्यार्थी भेला सम्पन्न भयो ।

उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका वैकल्पीक केन्द्रीय सदस्य राजेन्द्र चवालले नेमकिपा संसदको चलखेलमा कहिल्यै नलाग्ने र देश र जनतालाई केन्द्रमा राखेर आफ्ना निति तथा कार्यक्रमहरु अघि बढाउँदै आएको कुरालाई औल्याए । उहाँले नेपालका शासक दलहरुले शक्तिशाली राष्ट्रहरुको शक्तिको आडमा राज्य संरचना गरेको हुँनाले नेपालको आन्तरिक राजनितिमा अस्थिरता आएको विचार पनि व्यक्त गरे । साथै उहाँले अहिलेको परिस्थिति विद्यार्थीहरुलाई राजनितिक रुपमा सचेत गराउन युवा विद्यार्थीलाई लक्षीत कार्यक्रमहरु बनाउन आवश्यक रहेको कुरालाई जोड दिए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सबिन ख्याजुले क्याम्पस राजनितिमा नेक्राविसंघको भुमिका विषयमा बोल्नु हुँदै उहाँले नेक्राविसंघले विश्वविद्यालय तहसम्म शिक्षा निःशुल्क र अनिवार्य हुँनुपर्ने मुद्दा अघि सार्दै आएको कुरालाई प्रस्ट्यानु भएको थियो । त्यस्तै उहाँले गलत साहित्यले अवसरवादी जन्माउने हुँदा प्रशिक्षण तथा नियमित कक्षाहरुको आवश्यकतालाई जोड दिनुभएको थियो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका दिनेश खड्गी र मिलन गणेजुले पनि बोल्नुभएको थियो । उक्त भेलाबाट तारा न्यौपानेको अध्यक्षतामा १४ सदस्यिय नेपाल क्रान्तिकारी विद्यार्थी संघ काठमाडौं उपत्यका क्याम्पस परिचालन समितिको गठन भएको हो ।