भक्तपुर इन्टरनेशनल हस्पिटल संचालनमा

0
1869

भक्तपुर, १२ चैत । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरकाे अस्पताल सुरू भएकाे छ ।  भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारमा भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लि. संचालनमा आएको हो ।

यहि फागुन २३ गतेबाट सो स्थानमा संचालनमा आएको हस्पिटलले आज गरेको पत्रकार सम्मेलनमा अस्पताल संचालन समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले भक्तपुरको थप सेवाको गर्नको लागि अस्पताल सुरू गरेको बताए । हाल १५ शैय्याको स्वीकृति लिएर ५० शैय्यासम्म पुर्‍याउन लक्ष्यसाथ अघि बढेको अध्यक्ष श्रेष्ठले बताए ।

६७ जना चिकित्सकहरूको टोलीका साथ संचालनमा आएको बताउँदै अस्पताल संचालक अशोककुमार श्रेष्ठले भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिनका लागि हस्पिटल संचालनमा ल्याइएको सो हस्पिटल नाफाका लागिमात्र नभएको बताए ।

सम्मेलनमा हाड तथा नशा रोग विशेषज्ञ डा. रामकृष्ण श्रेष्ठले भक्तपुरमा स्वास्थ्य विषयलाई अझ व्यापक बनाउन, अत्याधुनिक सेवा दिनका लागि र काठमाडौंसम्म गई उपचार खोज्नुपर्ने बाध्यतन हटाउन हस्पिटल संचालनमा ल्याईएको जानकारी दिए ।

हस्पिटलमा हाड, जोर्नी तथा नशा रोग उपचार सेवा, स्त्रीरोग उपचासेवा, बालरोग, दन्तरोग, चर्म तथा यौन रोग, मस्तिष्क तथा स्नायु रोग, नाक, घाँटी रोग, मुटु रोग, आँखा रोग, मानसिक रोग उपचार सेवाहरूसँगै जनरल फिजिसियन सेवा, सर्जरी सेवा, डिजिटल ल्याब सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, इसिजी तथा इको सेवा र फिजियोथेरापी सेवा रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यलाई प्राथमिकता दिएर ठाउँठाउँमा पोलिक्लिनकको व्यवस्था गरि गाउँगाउँमा सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य रहेको समेत उल्लेख गर्दै डा. श्रेष्ठले सरकारले मात्रै स्वास्थ्य सेवालाई थेग्न नसकेको अवस्था चिरी निजी तवरबाट पनि स्वास्थ सेवा पुर्याउने लक्ष्य साकार बनाउन लागेको बताए ।

अस्पतालका संचालक ज्ञानकृष्ण श्रेष्ठले अस्पतालले गर्न लागेको शिविरबारे जानकारी दिँदै अनाथ, असहाय, ज्येष्ठ नागरिक, पत्रकारलगायतलाई विशेष सहुलियत दिइने बताए । उनले स्वास्थ्य सेवा सहज बनाउन बालबालिका सम्बन्धि, महिला सम्बन्धि सेवासहित ९ वटा प्याकेजको बन्दोबस्त गरेको जनाए ।