काठमाडौं, १३ चैत्र । उपत्यकामा सुक्खा धुलो मिश्रीत हावाका कारण तुँवालो लागेर दिउँसै अध्यारो भएको छ । भारतबाट उडेर आएको धुलोका कारण शुक्रबार उपत्यकामा धुम्म भएको हो । यसका साथै नेपालका बिभिन्न जिल्लाहरुमा लागेको डडेलो कारण पनि वातावरणमा असर गरेको छ । मानिसहरुलाई आँखा पोल्ने र घाँटी खसखसाउने लगायतका समस्या महशुस गर्न थालेका छन्र ।
भारतको राजस्थान, हरियाणा, पन्जावमा फैलिएको थार मरुभूमिबाट उडेर आएको धुलोको प्रभाव उपत्यकामा देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद सजिना शाक्यले जानकारी दिइन ।
उनका अनुसार हवाई उडानमा समेत भिजीविलिटी कमजोर हुँदा समस्या भएको छ । विश्वको प्रदूषण मापनको यथार्थ देखाउने आइक्यु एयर डट कमका अनुसार शुक्रबार दिउँसो केहीबेर काठमाडौं विश्वकै दोस्रो वायु प्रदूषित शहर बनेको थियो ।