नेक्राविसंघको राष्ट्रिय भेला जारी

0
1607

काठमाडौं, १४ चैत्र । “शत्रुले विरोघ गर्नु आश्चार्यको विषय होइन, स्वभाबिक हो , त्यसकारण हामी ठिक ठाउँमा छौं । ” उक्त भनाई नेपाल क्रान्तिकारी विद्यार्थी संघको काठमाडौंमा जारी राष्ट्रिय भेलाको प्रशिक्षण सत्रमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले राख्नु भएको हो ।

शुक्रबार जारी भेलाको प्रशिक्षण सत्रमा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले नेमकिपाले चुनावबाट नै समाजबाद आउने कुरामा विश्वास गर्दैन बरु जनताको चेतना स्तर उठन र प्रतिक्रियाबादीको जनघाती कामहरुको भन्डारफोर गर्न चुवानको उपयोग गर्न कुरा बताए ।
कार्यकर्ताहरु विचारमा विचलन आउँदा विग्रिने हुँदा आफ्नो विचारमा अडान लिइरहन पार्टी प्रकाशन नियमित रुपमा अध्ययन गर्नु पर्ने कुरा बताए । भक्तपुर नगरपालिकामा नेमकिपाले जारी घोषण पत्र अनुसार काम गर्दै आइरहेको कुरा बताए ।

भेलामा नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जन नेक्राविसंघ र अरु विद्यार्थी संगठन विचको भिन्नता विषयमा प्रशिक्षण दिनु हुँदै कार्यकर्ताहरु अझै अध्ययनमा जोडदिनु पर्ने कुरा बताए ।
भेला नेक्राविसंघ केन्द्रीय समितिका अध्यक्ष सविन ख्याजूले पार्टी पाठ्यक्रम बनाउदै जानु पर्ने कुरामा जोड दिनु भयो ।
राष्ट्रिय भेला शनिबार पनि जारी हुँने आयोजक समितिका सचिव रमेश प्र्रजापतिले जानकारी गराएको छ ।