भक्तपुर, १६ चैत्र । छालिङ्ग घटनाले स्थानीय बासि यतिबेला आक्रोसमा आएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्काको विरोधमा स्थानीय व्यक्ति यतिवेला आक्रोसमा आएको हो ।
छालिङ्गका वडा अध्यक्षले मदिरा सेवा गरेर खिपेल निवासी लक्ष्मण खिचाजुलाई शनिबार राति कुटपिट गरेको गरेको हो । स्थानीय वडा अध्यक्ष सहित चानपा ७ वागेश्वरीका नेकपा एमाले सम्वद्ध प्रकाश लामिछाने र पुर्व सैनिक जवान विश्व खड्का कुटपिट गरेको हो । कुटपिट पछि बेहोर भएका खिचाजुलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा भर्ना गरेको छ । कुटपिटको कारण बिरामीको घाँटीमा समस्या हुनुको साथै खाना खान र पानि निल्न समेत गाह्रो भएको घाइते परिवारले जानकारी दिएको छ ।
पीडित परिवारले हिजो आइतबार वडाअध्यक्ष लगाएत तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालाय भक्तपुरमा जाहेरी दर्ता गराएको छ । पीडित आफन्तले निज वडा अध्यक्ष लगायत कुटपिटमा संलग्नहरुलाई तत्ककाल पक्राउ गरि कडा भन्दा कडा कानुबमोजिम कारबाही गर्नुपर्ने माग गरेको छन् ।
घटनाको विवरण यस्तो छ
शनिवार करिव १ बजेतिर पिखेखस्थित लक्ष्मण खिचाजुको हार्डवेयर पसलपछाडि आफुहरुले चढेर आएको गाडी पार्हिङ्ग गरेर पिके खाजा घरमा छिरेको थिए । गाडी अव्यवस्थित पार्किङ्ग गरेर भित्र छिरेका वडा अध्यक्षको टोली धेरै समयसम्म बाहिर ननिस्केपछि सामानसहितको गाडि पसल अगाडि पार्किङ्ग गरेर लक्ष्मण खिचाजु घरतर्फ लागे ।
घरमा पुगेपछि बडाअध्यक्ष खड्काले गाडी फुटाइदिउँ कि गाडि हटाउने भनेर धम्की दिए । त्यसपछि लक्ष्मण खिचाजु र उनका भाइ गाडी हटाउन पसल अगाडी पुगे । पसल अगाडी पुगेपछि निज खिचाजुले अङ्कल आफ्नै पार्किङ्गमा राखेको मेरो गाडी किन फुटाउने भनी सोध्दा एक्कासि वडा अध्यक्षले घाँटी समातेर कुटपिट गर्न थाले र उनको साथमा रहेका पुर्व सैनिक विश्व खड्का र प्रकाश लामिछानेले टाउको र मुखमा हिर्काएर बेहोस बनाएको पीडित खिचाजूले बताए ।
यस अघि पनि वडा अध्यक्षको दादागिरी
केहि समय अगाडि छालिङ्गस्थित दोभान खानेपानीको बोरिङ्गमा काम गर्न आएका मजदुरलाई पनि वडा अध्यक्ष खड्का र प्रकाश लामिछानेले कुटपिट गरेका थिए । त्यस्तै जग्गाको विवादमा पनि हरिकृष्ण लागेजूलाई पनि कुटपिट गरेका थिए । बाटोका सम्बन्धमा विवाद हुँदा गैंडाटोलका प्रविन गैडालाई पनि कुटपिट गरेको हो । केहि समय अघि पनि जिल्ला प्रहरी कार्यालयमा कुटपिट कै मुद्दामा मिलापत्र गरेर छुटेका थिए ।