चिजबल काका

0
1954

चिजबल काका
काका ,
हिजो तिमीलाई श्रदान्जली दिइरहँदा
यो मनले मान्नै सकिरहेको थिएन
कि ,
आज तिमी हामी माझ छैनौं
हिजो जस्तो लाग्थ्यो ,
जब
सानोमा तिमीले घर आउँदा मायाले
चिजबल ल्याईदिन्थेउ
अनि मैले
तिमीलाई चिजबल काकाको उपनाम दिएको त्यो क्षण
तर
तिमी संगको साथ यति छोटो भैदियो कि
म कुनै शब्दले वर्णन गर्न सक्दिन
अझ सम्झन्छु म ती पल ,
जब म कबिताका हरफहरु लेख्थे
अनि सच्याई दिन्थ्यौ तिमी ्र
अझ याद छन् ति
वादविवाद प्रतियोगिताको त्यो पल
जब म आफ्ना विचार लेख्थे अनि
केहि उखान र बिचार तिमी थपिदिन्थ्यौ
हो ,
हो आज मलाई
त्यहि तिम्रो वाक्यांशले तिम्रो याद दिलाई राखेको छ
तिमी मेरो नजिक भएको आभाष दिराखेको छ ,
अझ ताजा छन् ति लकडाउनका पल
जब चैत्रको महिनामा काफल टिप्न गएको
अनि गट्टा र ब्याडमिन्ट्न खेल्दाको समय
सच्चै कति रमाइला थिए है ती दिन
आज फर्किन मन छ त्यहिँ पलमा
जुन तिमी संग बिताएको थिए
अनि याद आउँन्छ ती दिनको
जब तिमीले सानोमा चिजबल ल्याइदिंदा
राखिदिएको उपनामको खुसी
आज ,
साच्चै शुन्य लागिराखेको छ यो संसार
तिमी नै भनन अब
म कसलाई सोध्न जानु ती
नबुझेका ,नजानेका कुराहरु
अनि
यो पनि बताइदेउँन
ूको आफ्ना हुन् को पराई
अब कसले सिकाउँछन् मलाई तिमीले जसरी नै
ती साहित्यका गाथा
अनि कसले थापिदिन्छन् ती
वादविवादमा गहकिला तर्क
काका ,
साच्चै आज निकै अल्मलिएकी छु म
अझ धेरै अल्मलिछु
जब पसलमा रंगीचंगी चिजबलका पाकेटहरु देख्छु
तब तिम्रो याद झन् बढी आउँन्छ
तिमीलाई सधै यादमा राख्ने छु
चिजबल काका ।।
लेख ः सारिका खुलिमुलि