नगरकोट फेदीमा सरसफाई सम्बन्धि छलफल, मेयर मिश्रलाई भक्तपुर नगरपालिकाबाट सिक्न स्थानीयहरुको आग्रह

0
1848

भक्तपुर ,२० चैत्र । चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा स्थानीयवासीहरु विच हिजो सरसफाई सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छालिङ्गको सिमाना संगै जोडिएको नगरकोटको तल्लो भाग नगरकोट फेदिमा हिजो सरसफाई सम्बन्धमा छलफल भएको हो । छलफल कार्यक्रममा स्थानीय व्यक्तिलेहरुले यसरी गुनासो पोखे “हामीले घर बाहिर मात्र सरसफाई गरेर हुँदैन घर भित्र पनि सरसफाई गरेको छ छैन त्यस्को अनुगमन गर्नु पर्ने कुरालाई जोड्दै आफु मात्र सफा भएर मात्र पुग्दैन छिमेकिहरुलाई पनि सफा गख्नु कुरालाई स्थानीयहरुले जनप्रतिनिधि र अतिथिहरुलाई गुनासो पोखे ।”

छलफलको क्रममा नगरकोट फेदिका स्थानीय व्यक्तिहरुले “नमुना बस्ती भन्ने अनि फोहर जति नालिमा हाल्ने र पुर्ण सरसफाई भएको स्थनमा धल नालिमा नै मिसाउने यो कस्तो नमुना बस्ति हो ? जनप्रतिनिधिहरुको निद्रा हराम गरि गुनासो पोखे ।”

छलफलको क्रममा नगरकोट फेदिका स्थानीयहरुले भक्तपुर नगरपालिकाले गरेको कामको सिको चाँगुनारयण नगरपालिकाले पनि गर्न मेयर मिश्रलाई स्थानीयहरुको सुझाव समेत दिएको हो । नगरकोट फेदि नमुना वस्तीको रुपमा घोषणा समेत भएकोले थप सरसफाईमा सबै व्यक्ति एक मनले लाग्नु पर्ने कुरा स्थानीय व्यक्ति ,जनप्रतिनिधि र अतिथिहरुले उक्त विचार राखेको हो ।