जिल्ला ब्यापी जुनियर कराते किक बक्सिङ सम्पन्न

0
1782

भक्तपुर, २२ चैत्र । दोस्रो भक्तपुर जिल्ला ब्यापी जुनियर कराते किक बक्सिङको उपाधी भक्तपुर डोजोले उचालेको छ ।
विद्या आर्जन डोजोको आयोजनामा भएको दोस्रो भक्तपुर जिल्ला ब्यापी कराते किक बक्सिङमा १० स्वर्ण सहित भक्तपुर डोजो प्रथम भएको हो । भक्तपुर डोजोले १० स्वर्ण ९ रजत र १० कास्य पदक हातपारेको थियो ।

यस्तै प्रतियोगितामा ४ स्वर्ण ४ रजत सहित र ९ कास्य सहित विहानी डोजो दोस्रो हुन् सफल भएको थियो ।
तेस्रो स्थान भने ४ स्वर्ण ३ रजत र ३ कास्यका साथमा डेकोचा डोजो भएको विद्या आर्जनका चिफ कोच एवं खेल संयोजक सूर्य वहादुर लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खेलमा उत्कृष्ठ खेलाडी सुन्दर तामाङ र रेष्मा मगर भएका थिए भने उदयमान खेलाडीको उपाधी भने लुनाभा श्रेष्ठको पोल्टामा गएको थियो । किक बक्सिङ प्रतियोगितामा भने सिरुस वोहजु र संभवी तामाङ उत्कृष्ठ खेलाडी भएका भक्तपुर डोजोका प्रमुख प्रशिक्षक एवं आठौं साफ खेलकुदका पदक विजेता रामशरण त्वातीले जानकारी दिनुभएको थियो ।

तौल समूहमा खेलाईएको उक्त खेलमा २० केजी देखि ६० केजी ओपन केटाहरु तथा केटीमा २० केजी देखि ५५ केजी ओपन तथा महिला पुरुष दुवै काँटा खेलाईएको थियो ।

भक्तपुरका विभिन्न डोजोहरुबाट चार सय भन्दा बढि खेलाडी सहभागी भएको उक्त प्रतियोगिताको उद्घाटन भने पञ्चबुद्द रियल स्टेटका संचालक एवं खेल प्रेमी रविन्स लामाले गर्नुभएको थियो ।

यस्तै खेलमा सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग ,नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक राजेन्द्र कपाली , सितेरियो कराते भक्तपुरका अध्यक्ष प्रकास मोहन द्यौभडेल, सितेरियो काराते महासंघका रेफ्रि महेश रञ्जीत, विरवहादुर घिसिङ, राजुसिंह बजिखो,पुरुषोत्तम ग्वाछा लगाएतका अतिथिको उपस्थिती रहेको थियो ।