तीनजना पत्रकारहरु सम्मानित

0
1272

भक्तपुर ।  तीनजना पत्रकारहरु शुक्रबार भक्तपुरमा सम्मानित भएका छन् । वरिष्ठ पत्रकार राजेन्द्र स्थापित ज्ञानज्योती लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार, नागरिककर्मी कृष्ण किसी ज्ञानदेवी मणिरत्न स्मृति पत्रकारिता पुरस्कार र सक्रिय महिला फोटो पत्रकार रेखा शाक्य बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन्।

नेवाः पत्रकार राष्ट्रिय दबूको भक्तपुरमा भएको आठौ वार्षिक साधारणसभामा उनीहरुलाई वागमती प्रदेशका सांसद राजेश शाक्य र मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा नगदसहित शिल्ड तथा प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको हो।

कार्यक्रममा एउटा सञ्चारगृहलाई पनि सम्मान गरिएको थियो । बौद्ध धर्म सम्बन्धी सामग्री प्रचार प्रसारमा योगदान दिएको भन्दै बोधि टेलिभिजनलाई भिक्षुकुमार कास्यप स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । यस्तै सगरमाथा आरोही कल्पना महर्जनलाई पनि विशेष पुरस्कारबाट पुरस्कृत गरिएको थियो।