चाँगुनारायण नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न एक सय ३५ जनाको प्रतिबद्धता

0
1375

भक्तपुर । आगामी फागनु महिनाको मसान्तसम्म चाँगुनारायण नगरपालिकालाई स्थानीय शासनको रुपमा घोषणा गर्न जनप्रतिनिधिहरु प्रतिबद्धता गरेका छन्।

नगरप्रमुख सोम प्रसाद मिश्रले नगरलाई कुन मितिसम्ममा बालमैत्री नगरको रुपमा स्थापित गर्ने भनि सोधिएको प्रश्नमा जनप्रतिनिधिले भने, आगामी फागुन महिनासम्म बालमैत्री नगरको रुपमा स्थापित गरी घोषणा समेत गर्ने छौँ । फागुन महिनासम्म बालमैत्री स्थानीय शासन बनाउनको लागि जनप्रतिनिधिसँगै सरोकारवाला निकाय, विद्यालयका प्रतिनिधि, महिला समूहका प्रतिनिधिसँगै कर्मचारीहरुले समेत प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रतिबद्धता कार्यक्रममा सहभागी भएका एक सय ३५ जनाले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । बालमैत्री स्थानीय शासनको लागि नगरसमितिको गठन गरिएको छ । यससँगै नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयले बैशाख १५ गतेभित्र बाल समूह गठन तथा पुर्न गठन गर्नु पर्ने छ ।

नगरपालिका शिक्षा शाखाका अनुसार नगरभित्र ६० वटा विद्यालय सञ्चालनमा छन् । त्यसैगरी टोलस्तरीय, वडा स्तरीय र नगरस्तरीय बाल समूहको गठन गर्नुपर्ने बालमैत्री स्थानीय शासन तालिम राष्टिय सहजकर्ता विष्णु प्रसाद चौवेले जानकारी दिएका छन् । उनका अनुसार बालमैत्री स्थानीय शासनको लागि विद्यालयस्तरीय, वडास्तरीय तथा नगरस्तरीय बैठकमा बालबालिकाको समेत सहभागिता हुनु पर्छ ।

नगरप्रमुख सोमप्रसाद मिश्रले बालमैत्री स्थानीय शासनको लागि सम्पूर्ण क्षेत्रबाट आवश्यक सहयोग आउने विश्वास व्यक्त गरेका छन् । उनले पहिलेदेखि बालमैत्री स्थानीय शासन बनाउनको लागि पटकपटक योजना बनाएता पनि अवसर नमिलेको बताए । तर अब बालमैत्री नगर बन्ने उनले बताए ।