भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा नगर्न भनि गरेको निर्णयको विरोधमा सोमबार भक्तपुरको टौमढीमा स्वस्फुर्त सयौं व्यक्ति विरोधमा आएको हो । जिल्ला प्रशासनले कोभिडको बहानामा नेपालीशहरुकै संस्कृति माथि नै अंकुश लगाएको भन्दै आक्रोशमा आएको हो ।
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा लगायत ठिमीको जिब्रो छेड्ने जात्रा समेत हुँनै पर्ने माग गरेका छन् । विरोधमा आउने व्यक्तिहरुले प्लेकार्ड सहित प्रदर्शनमा आएको हो ।
मेला गर्दा चाहिँ कोरोना नसर्ने जात्रा गर्दा चाहि कोरोना सर्ने भनि आक्रोश आएको हो । अहिले भक्तपुरको महेश्वरी खेल मैदानमा रक्सीको विज्ञापन सहितको मेला आयोजान गर्दै आइरहेको छ । त्यस विषयमा जिल्ला प्रशासनले चाहि नरोक्ने हाम्रो जात्रा चाहि किन रोक्ने भन्ने प्रश्न समेत गरे ।
नयाँ कारोनाका कारण जात्रा रोक्न जिल्ला स्वास्थ्य कार्यालयको अनुरोध
भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालायका प्रमुख कृण्ण मिजाले नयाँ भाइरस छिटो सर्ने भएकोले भिडभाड नगर्न अनुरोध गरेको छ । उनका अनुसार कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै जात्रालाई रोक्न पहलकारी भुमिका खेल्नु पर्ने कुरा बताए । यो जात्रामा जताततै बाट मानिसको आवत जावत हुने भएकोले नयाँ भाइरसको संक्रमण फैलन सक्ने खतरा भएकोले यस बाट बच्न जात्रा स्थगित गर्नु पर्ने मिजारले बताए
भक्तपुर नगरमा सहायक जात्रा संन्चालनमा
भक्तपुर नगरपालिकामा नगरस्तरीय संकट व्यवस्थापन समितिले बिस्का जात्रालाई औपचारिकतामा सीमित गर्न निर्णय गरेको छ । नगरको टोलटोलमा हुने जात्रा भने संन्चालन हुने निर्णय गरको छ ।
भैरवनाथको रथ निर्माण पुरा
भैरवनाथ र भद्रकालीको रथ पुनः विगार्न अब सम्भव नभएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले बताए । रथ तान्ने नतान्ने भन्ने बारे गुठी संस्थानले निर्णय नगर्ने बताए ।