भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष जगतकृष्ण प्रजापति‚ उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्ष लीला श्रेष्ठ , सचिव सन्जीप घिमिरे ‘शुभचिन्तक’, सहसचिव हेमराज ढकाल, समावेशी सहसचिव सुमन श्रेष्ठ र कोषाध्यक्ष विनोद कोजू रहेका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा रामगोपाल तमाखू, हरिशरण लामिछाने, सञ्जीव दुलाल, राजल छुंका ‘हरिसुन्दर’, राजकुमार लामिछाने, विकास थापा ‘प्रहर’, रुपक ढुंगाना, दिनेश कार्की, सविना केसी, महिला सदस्य कञ्चन किसी र आदिवासी जनजाती सदस्यमा किरण सुवाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिए।
त्यस्तै‚ महासंघको केन्द्रीय सदस्य परिषदमा नवीना खबुर्जा, पूर्णभक्त दुवाल, पेशल आचार्य, जीवन ढुंगाना र गोपाल खनाल निर्विरोध निर्वाचित भएका छन्। प्रदेश परिषद सदस्यमा जितेन्द्रराज शिल्पकार, ध्रुवराम थापा, नारायण थापा, प्रविण लाखे, भेषबहादुर कार्की, मणिराम लामिछाने, मीना घोरासाइने, राममणि बराल, रामकृष्ण शंखदेव, रोशनराज अर्थाल, सुरेश कुमार सायजु, संगम लामा निर्विरोध निर्वाचित भएका छन्।