भक्तपुर, २९ चैत्र । नववर्ष २०७८ को शुभकामना आदान प्रदान कार्यक्रम एवं शिक्षक÷शिक्षिकाहरुको भेला बासु माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले शिक्षालाई स्थानिय विषयवस्तु संग पनि गा“सेर व्यावहारिक बनाउनु पर्ने बताए । शिक्षालाई समाजसंग जोड्न नसक्दा सैद्धान्तिक शिक्षा कक्षामा मात्र सिमित हुन सक्ने उहा“ले बताए । ‘पुर्खाैंदेखि कृषि गर्दै आएका किसानहरु पनि शिक्षक नै हुन् । परम्परागत कृषिका विधिहरुको बारेमा अनुसन्धान गरिनुपर्छ ।’ – अतिथि गोसाईले बताए । गोसाईले विद्यार्थीहरुको सुनौलो भविष्य निर्माणमा शिक्षकहरुकै भूमिका सबभन्दा बढी हुने उल्लेख गर्दै विद्यार्थीहरुलाई सही मार्गनिर्देशन गर्न सक्ने क्षमता शिक्षकहरुमै हुनेमा जोड दिए ।
कार्यक्रममा विद्यालका उप–प्रधानाध्यापक रविलाल प्रधानले भक्तपुर शिक्षा र ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास हु“दै आएको बताए । अतिथि प्रधानले विद्यार्थीहरुलाई पाठ्यक्रमका शिक्षा संगसंगै विभिन्न सीपमूलक तालिम तथा गोष्ठीहरु पनि सञ्चालन गर्दै जानुपने कुरामा जोड दिए ।
सोही विद्यालयमै सञ्चालित डिप्लोमा कृषि विज्ञान कार्यक्रमका संयोजक सबिन ख्याजूले कृषि विज्ञानमै देशका ४० भन्दा बढी जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको बताउ“दै विद्यालयले प्रयोगात्मक कक्षा सञ्चालन गर्न फार्मको पनि व्यवस्था गरिसकेकोे बताए ।
विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डिप्लोमाइन कम्प्युटर ईन्जिनियरिङ कार्यक्रमका संयोजक रमेश प्रजापतिले कक्षालाई नियमित र व्यवस्थित गर्ने सम्बन्धमा प्रस्तुति प्रस्तुत गरेको थियो । विद्यालयमा हाल कृषि विज्ञान र कम्प्युटर ईन्जिनियरिङका ३ वर्षे डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालित छन् ।