चित्तपोलमा ५६ जना प्रशिक्षार्थी सम्मानित

0
1303

भक्तपुर,३० चैत्र । चित्तपोल सामुदायिक सिकाई केन्द्रको “धिमेबाजा र नेपाली थैली बनाउने” तालिममा सहभागी सबैलाई सोमबार एक समारोह बिच ५६ जना प्रशिक्षार्थीहरुलाई सम्मान कार्यक्रम गरेको छ ।

धिमेबाजा तालिममा ३८ जना र नेपाली थैली बनाउने १८ जना गरि जम्मा ५६ जना प्रशिक्षकहरुलाई सोमबार प्रमाण पत्र सहित सम्मान गरेको हो ।

स्थानीय कला संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यका साथ स्थापित भिन्तुना साँस्कृतिक समाजकले साउन १० गतेदेखि फागुन २ गते सम्म धिमेबाजा प्रशिक्षण गरिएको सामुदायिक सिकाई केन्द्रका सचिव मनशोभा सुवालले जानकारी दिएको छ । साथै हाम्रो घरमा खेर गइरहेको कपडालाई पनि सहि प्रयोगमा ल्याएर नेपाली थैली बनाउन सकिन्छ भनेर तालिम समेत दिएको सचिव सुवालले जानकारी गराएको छ ।

उक्त तालिममा सहभागीहरुलाई पत्रमाण पत्र वितरण बागमती प्रदेश सभा सदस्य सृजना सैंजूले गरेको थियो भने कार्यक्रममा सभापत्वि सुर्यभक्त त्वातीले गरेको हो । कार्यक्रममा भिन्तुना साँस्कृतिक समाजका अध्यक्ष राजाराम पाकुर सचिव सुस्मिता सुवाल ,धिमेबाजा प्रशिक्षक सुशिल सुवालले नयाँ बर्षको शुभकामना सहित आफ्नो मन्तव्य राखेको थियो ।