आज साझा उठेको लिंगो अहिले साझ नै ढाल्दै

0
1098

भक्तपुर । हिजो मंगलबार नै उठाइसक्नुपर्ने भक्तपुरको ५५ हात लामो लिंगो बुधबार साँंझ मात्रै उठाउन सफल भएको छ । मंगलबार साँंझ साढे पाँंच बजेबाट तान्न सुरु गरिएको लिंगो अहिले साढे ६ बजे मात्रै उठाउन सफल भएको हो ।

मंगलबार राति एघार बजेसम्म पुग्दा लिंगोलाई आधा उठाउन सफल भएको थियो । त्यसपछि पनि सयौं युवाले उठाउन निरन्तर प्रयास गरेका थिए । तर फेरि उठेको लिंगो ढलेको थियो । यसपछि उठाउने प्रयास छोडेका थिए । लिंगोलाई बुधबार विहानैदेखि उठाउने प्रयास जारी थियो ।

निर्धारित दिनमै लिंगो उठाउन नसकिएको यो धेरै वर्षपछिको वर्ष हो । यसअभि सामान्यतया निर्धारित दिनमै लिंगो उठाउन सफल हुन्थ्यो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन उठाउनुपर्ने लिंगो यो वर्ष नयाँं वर्ष सुरु भइसक्दा पनि बुधबार विहानसम्म उठन सकेको थिएन ।

उठाएको लिंगोलाई अब केहि समय पछि ढाल्नेछ । दिनभर लिंगो नउठेपनि साविक जस्तै त्यहाँं दिनभर मेला लागेको थियो ।

भक्तपुरको विस्का जात्रा शनिबारदेखि सुरु भएको थियो । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ भएको थियो ।

भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष पाँंचतल्ले मन्दिर अगाडि नै रहेको  भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण यही हात भएको लिंगो उठाउनु हो ।