भक्तपुर, २ चैत्र । भक्तपुरको बिस्का जात्राको योसिंद्यो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको योसिंद्यो ठिक ८ः२५ बजे नै ढालिएको हो ।
बिस्का जात्राका क्रममा प्रत्येक वर्ष भक्तपुरको ल्योसिंखेलमा उठाइने यो योसिंद्यो वर्षको अन्तिम दिन उठाएर वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते साँंझ ढाल्ने परम्परा छ।
पहिलो दिनमै योसिंद्यो उठाउन नसक्दा भोलिपल्ट बुधबार साँंझ मात्र उठाएर सोहि दिन साझा ढालेको हो ।
बर्षको अन्तिम दिन लोसिंद्यो उठान नसक्दा भालि अर्थात बैशाख १ गते साविक जस्तै दिन भर जात्रालुहरुको पुजा भएको थियो ।
चैत्र २८ गते देखि पाँचतल्ले मन्दिर अगाडिबाट सुरु भएको जात्रा त्यहि स्थानमा अर्थात वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै भैरबनाथको रथलाई तानेर सम्पन्न हुनेछ । आठ रात नौ दिन लामो विस्केट जात्राको मुख्य आकर्षण भैरबनाथको रथ तान्नु र लोसिंद्यो उठाउनु र ढाल्नु हो ।