काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा हालसम्म २ लाख ८२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ८ जना कोभिड १९ संक्रमण मुक्त भएका छन् । यो सँगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ ।