भक्तपुर, ७ वैशाख । राम नवमीको दिनमा गोरखनाथ मन्दिर र त्रिशुल निर्माणनार्थ महाकाल भगवतीको क्षमा पुजा भोलि बुधबार गर्ने भएको छ ।
विश्वकै अग्लो त्रिशुल निमार्ण गर्ने र गुरु गोरखनाथ मन्दिरको निर्माण पनि सोहि अवसरमा संग-संगै निमार्णको कार्यलाई सुचारु गर्न भोलि क्षमा पुजा गरिने आयोजक समितिले जानकारी गराउको छ ।
चाँगुनारयण नगरपालिका वडा नम्बर ५ छालिङ्गको मुलकोट गढी अर्थात त्रिशुल डाँडामा विश्वकै अग्लो त्रिशुल निर्माण गर्न लागेको हो । करिब १०० फिट अग्लो त्रिशुल स्थापना अब भक्तपुरकै छालिङ्गमा गर्न लागेको छ । जसमा जमिन मुनिको भागमा ११ फिट, माथि १०० फिट र त्यसमाथी १० फिट गरि जम्मा उचाई १२१ फिट अग्लो त्रिशुल निर्माण हुने छ ।
एतिहाँसिक महत्व बोकेको उक्त क्षेत्रलाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा विकास गर्ने आयोजकले जनाकारी गरेको छ ।
उक्त कार्यक्रममा नव निर्वाचित नेपाल पत्रकार महासंघ भक्तपुर र भक्तपुरबाट निर्बाचित प्रदेश र संघका साथीहरुलाई समेत समान गर्ने कार्यक्रम तय गरेको छ ।