शिव प्रसाद मुनंकर्मीद्वारा रचित “मेरो नगरकोट” म्यूजिक भिडियाे सार्वजनिक

0
1458

भक्तपुर ।  एक ताका रेडियो टि. भिमा निकै बज्ने मनोज श्रेष्ठको “चरी भरर डाडैमा बसेर रुकि भरर” चर्चित गीतका गीतकार शिव प्रसाद मुनंकर्मीद्वारा रचित  “मेरो नगरकोट” बोलको म्यूजिक भिडियाे सार्वजनिक  भएको छ।

गीतको भिडियोलाई “जिनयस डिजिटल म्युजिक”को युट्युव पेजबाट यहि अप्रील १३ गते सार्वजनिक गरिएको हो। यस गीतमा संगीत सुरेन्द्र मुखियाको रहेको छ भने स्वर सन्तोष धुमीको रहेको छ।

प्राकृतिक सुन्दरताले भरिएकाे  संसारभर प्रसिद्व आफ्नो जन्म स्थानको वर्णन गरि तयार गरिएको यो गीतको भिडियोमा भक्तपुर नगरकोटको सुन्दर दृश्य कैद गरिएको छ।

यस अघि गायक गायिका मनोज श्रेष्ठ, रोशन धौभडेल, मिलन नेवार, सुरेन्द्र मुखिया, जोन आदि संग सहकार्य गरि सक्नु भएका गीतकार मुनंकर्मीले यस पटक भने नयाँ गायक सन्तोष धुमी संग सहकार्य गरि गीत तयार गर्नु भएको छ।