आज देखि भक्तपुरका सबै शौक्षिक संस्था बन्द

0
887

भक्तपुर,८ वैशाख । भक्तपुर जिल्लाका सबै शौक्षिक संस्था आज देखि बन्द गरेको छ ।

कोरोना भाइरसको नयाँ स्वरुप देखा परेकोले नेपाल सरकाले सहरी क्षेत्रमा विद्यालय बज्द गर्ने निर्णय गरेपछि भक्तपुरमा पनि विद्यालय बन्द गरेको हो ।

भक्तपुरको चारै नगरपालिकाले जारी सूचनामा हाललाई विद्यालय बन्द गरि अनलाईन माध्यमबाट कक्षा संन्चालन गर्ने कुरा उल्लेख गरेको छ ।

नेपाल सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गरि अनलाइन कक्षा संन्चालन गर्न भनेको छ ।