१५७ स्काउटका सदस्यहरूलाई सम्मान

0
1769

भक्तपुर । नेपाल स्काउट भक्तपुरबाट आयोजना भएको बधाई एवं शुभकामना र सम्मान कार्यक्रम हिजो बुधबार सम्पन्न भयो ।

कार्यक्रममा स्काउट लिडर रोभर स्काउट र रेन्जर स्काउटहरुलाई सम्मान गरिएको हो । प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री दावा लामाङ्ग साथै विषय अतिथि लोकबहादुर भण्डारी ,रत्न बज्राचार्य लगाएको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कोरोनाको समयमा प्रचारप्रसार , जन-चेतनात्मक कार्यक्रम तथा राहत विवरण कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने १५७ जना स्काउटहरुलाई स्वर्ण ,रजक र कास्य पदक तथा प्रमाण पत्र वितरण गरेको हो ।

कार्यक्रममा अतिथिहरुले स्काउटमा लाग्ने सबैलाई शुभकामना र स्काउटको माध्यमबाट आफुलाई र स्काउटलाई सक्रिय रुपमा चिनाउन सफल भएको बधाई समेत दिएको थियो । स्काउटले मानव जातिलाई सकारात्म सन्देश दिलाउन सफल भएको प्रति अतिथिहरुले स्काउटमा लाग्ने सबैलाई शुभकामना र धन्यवाद समेत दिएको हो ।